सामुदायिक विद्यालयमा विपद् व्यवस्थापन अभिमुखिकरण/तालिम – कार्यक्रम प्रतिवेदन

पृष्ठभूमि ः

नेपालमा २०७२ बैशाख १२ गतेको महाभुकम्प र त्यसपछिका पराकम्पनहरुले निम्त्याएको विपत्तिले व्यापक जनधनको क्षति पु¥याएको छ । यसका अलवा शिक्षा क्षेत्रमा झनै ठूलो क्षति देखियो जसका कारण ३७७ जना विद्यार्थी र ६४ जना शिक्षक तथा कर्मचारीहरुको मृत्यू भएको छ । विनाशकारी महाभूकम्पकै कारण लाखौं बालबालिका, शिक्षकहरु र अभिभावकहरु अझै सन्त्रासमै रहँदै आएका छन् ।

शिक्षा विभागको तथ्याङ्क अनुसार नेपालका करिब ३० हजार सामुदायिक विद्यालयहरुमध्ये भकम्प प्रभावित १४ वटा जिल्लाहरुमा ३ हजार २ सय ९९ वटा विद्यालय भवनहरु पूर्णरुपमा क्षति भएको छ । महाभकम्पको धक्काका कारण ४९ वटा जिल्लाहरुमा १७ हजार ६ सय ७० वटा कक्षा कोठाहरु पूर्ण रुपमा क्षति भएको छ , त्यसैगरि २ हजार १ सय ५ वटा शौचालयहरु भत्केका छन् भने १ हजार ४ सय खानेपानीका धाराहरु नष्ट भएको तथ्य औंल्याएको छ ।

यो भुकम्पले ल्याएको विपत्बाट मात्रै ललितपुर जिल्लाका १९० वटा विद्यालयहरुलाई असर पारेको छ भने करिब १५२० जना शिक्षकहरु र करिब ७६ हजार विद्यार्थीहरु हताहत भएका थिए । यो विपत्का अलवा बाढि,पहिरो, आँधी र हुरी जस्ता अनेकन विपत्तिहरु जहिले पनि आउँन सक्ने खतरा छ , यसबाट हाम्रा सामुदायिक विद्यालयका शिक्षकहरु सुरक्षित हुनु पर्दछ र उनीहरुको शिक्षण सन्देशबाट आम स्कुले बालबालिका विपत्बाट जोगाउँनु पर्ने सिकाई भएको छ ।

कार्यक्रमको उद्देश्य ः

विद्यालयहरु माथि पर्न सक्ने अनेकन विपत्हरु क्रमशः बाढी, पहिरो, आँधी र हुरी जस्ता अनेकन विपत्तिहरु जहिले पनि आउँन सक्ने खतरा छ, यसबाट हाम्रा सामुदायिक विद्यालयका शिक्षकहरु र विद्यार्थीहरुलाई सदैव सुरक्षित राख्न शिक्षकहरुलाई विपत् व्यवस्थापन तालिम सञ्चालन गर्ने ।

तालिमको कार्यक्षेत्र ः

सामुदायिक विद्यालयमा विपद् व्यवस्थापन अभिमुखिकरण/तालिमको कार्यक्षेत्र मेल्म्म्ची नगरपालिका भित्रको वडा नं १ देखि १३ वडा सम्मका सामुदायिक विद्यालयहरुका शिक्षक, बालक्लब र विव्यस प्रतिनिधी महिला २३ जना र पुरुष.९० जना गरि जम्मा ११३ जना सहभागी भएका थिए ।

तालिमको दैनिक कार्यविधी  दैनिक क्रियाकलाप

क. परिचय
ख. स्वागत
ग. छलफलका विषय वस्तु जानकारी
घ. प्रवचन, प्रश्नउत्तर र अन्तरक्रियाका माध्यमद्वारा तालिम सञ्चालन
ड. कार्ययोजना तयारी
च. धन्यवाद र कार्यक्रम समापन ।

विधि ः सहभागीतामूलक, पुर्व परिक्षा प्रश्नोत्तर छलफल,ड्रिल अभ्यास र प्रनोत्तर आदि ।

परिचय
विधि ः सहभागीतामूलक
क्रियाकलाप ः प्रत्येक सहभागीले आफ्नो नाम, ठेगाना र सम्बन्धित विद्यालयको नाम भनेर

तालिमका उद्देश्यहरु ः

विद्यालयहरु माथि पर्न सक्ने अनेकन विपत्हरु क्रमशः बाढि,पहिरो, आँधी र हुरी जस्ता अनेकन विपत्तिहरु जहिले पनि आउँन सक्ने खतरा छ , यसबाट हाम्रा सामुदायिक विद्यालयका शिक्षकहरु र विद्यार्थीहरुलाई सदैव सुरक्षित राख्न शिक्षकहरुलाई विपत् व्यवस्थापन तालिम सञ्चालन गर्ने उदेश्य रहेको थियो ।

नीतिनियम
क) तालिम ८ः०० बजे शुरु हुने
ख) तालिम ४ बजेसम्म हुने
ग) १२ बजे खाना र ३ बजेदेखि ३ः३० सम्म खाजा समय हुनेछ र समापन ५ बजे भित्र हुनेछ ।
घ) हल्ला नगर्ने
ङ) पालैपालो बोल्ने
च) समयमा आउने र जाने
छ) बोल्दाखेरि सबैले सुन्ने गरी बोल्ने

विषयवस्तु प्रवेश

विपद् शब्दावली ः
विधि ः दृश्य चित्र प्रस्तुति, छलफल र व्याख्यान
सामग्री ः रंगीन टि.भी., डिभिडि प्लेयर, न्यूजप्रिन्ट मार्कर

क्रियाकलाप ः सहभागीहरुले २०७२ सालमा गएको भुकम्प तथा विभिन्न पराकम्पनहरुको स्मरण गराउँन त्यसपछि प्रकोपको अर्थ, यसका प्रकार र अवस्थाहरुको बारेमा न्यूजप्रिन्ट पावरप्वाईन्टमा तयार गरिएका स्लाईडहरु देखाउँदै छलफल गरी स्पष्ट पारिएको थियो ।

सिकाइ ः विपद् एउटा अकल्पनीय घटना हो, जसले धनजनमा क्षति पु¥याउँछ । यो प्राकृतिक र मानव सिर्जित गरी मुख्यतया २ किसिमको हुन्छ । प्रकोप पूर्व, अवधि र पश्चात गरी प्रकोपका ३ अवस्थाहरु हुन्छन् ।
प्रकोप व्यवस्थापन चक्र ः
विधि ः प्रश्नोत्तर÷छलफल
सामग्री ः न्यूजप्रिन्ट, मार्कर

क्रियाकलाप ः आफ्नो समुदायमा कुनै प्रकोप गएमा त्यसपछि के–के क्रियाकलापहरु हुन्छन् भनी प्रश्न गर्दै छलफल गराई न्यूजप्रिन्टमा लेखिएको प्रकोप व्यवस्थापन चक्र देखाउँदै स्पष्ट पारिएको थियो ।

सिकाइ ः प्रकोप, उद्धार÷राहत, पूनःस्थापना, पूनर्निर्माण, न्यूनिकरण, पूर्वतयारी, र पूनः प्रकोप हुँदै यसको चक्र घुमिरहन्छ ।

खतरा, प्रकोप र जोखिमको सम्बन्ध
विधि ः व्याख्यान र चित्र प्रदर्शन
सामग्री ः सम्बन्ध देखाउने चित्र

क्रियाकलाप ः सहभागीहरुलाई खतरा र जोखिमको अर्थ सोध्दै सम्बन्ध देखाउने चित्र प्रस्तुत गर्दै स्पष्ट पारिएको ।

सिकाइ ः खतरा बढ्दै गएमा खतरा र जोखिम बीचको दूरी घट्दै जान्छ । उक्त दूरी घट्दै जानु भनेको जोखिम बढ्ने अवस्था हो र जोखिम बढ्दै गएमा प्रकोप हुने सम्भावना पनि बढ्दै जाने हुँदा जोखिम न्यूनिकरण÷व्यवस्थापनका लागि पूर्वतयारी गर्नुपर्ने भन्ने महसुस सहभागीमा भएको ।

विद्यालयमा रहेका श्रोत र साधनको पहिचान
विधि ः खेल, समूह कार्य
सामग्री ः न्यूजप्रिन्ट÷मार्कर
क्रियाकलाप ः स्रोत, साधन चिन्ने खेल खेलाई जनमुखी शिक्षा केन्द्रका आधारमा ३ वटा समूह विभाजन गरी निम्न तालिका बमोजिमको समूहकार्य गरिएको ।

प्रकोपको विवरण कसरी सामना गर्दै आइरहेको थियो ? सामना गर्ने क्रममा के–के समस्याहरु आए ? भावी दिनमा पनि सामना गर्नुपरेमा समुदायमा कुन–कुन स्रोत साधन उपलब्ध छन् ?

समूह कार्य पछि आ–आफ्नो समूहले समूहकार्यबाट प्राप्त कुराहरु प्रस्तुतीकरण गरेको । समूहकार्यबाट
प्राप्त कुराहरुको सार संक्षेप ः

प्रकोपको विवरण कसरी सामना गर्दै आइरहेको थियो ? सामना गर्ने क्रममा के–के समस्याहरु आए ? भावी दिनमा पनि सामना गर्नुपरेमा समुदायमा कुन–कुन स्रोत साधन उपलब्ध छन् ?
 बाढी
 पहिरो
 वनविनाश  बोटविरुवा लगाएर
 बाँसको टाटी बनाएर
 तारजाली लगाएर
 डढेलो निभाएर
 घाँस लगाएर
 बाँसको बेरा लगाएर
 बोरामा वालुवा भरेर  सम्बन्धित निकायबाट सहयोग नपाइएको
 समुदायमा आधारित नभएको
 राति बाढी आउँदा सूचना प्राप्त नभएको
 बाढीको समयमा खानेपानीको समस्या भएको  जनशक्ति
 दाउरा, मुढा, बाँस
 पानी
 केरा
 गल
 कोदालो
 त्रिपाल
 ढुङ्गा, बालु

सिकाइ ः प्रकोप व्यवस्थापनका लागि समुदाय आफैंसँग भएका सामग्रीहरु पहिचान भएको ।

प्रकोप पूर्वतयारी ः

विधि ः प्रश्नोत्तर, छलफल,
सामग्री ः न्यूजप्रिन्ट मार्कर

क्रियाकलाप ः प्रकोप पूर्वतयारीको अर्थ सहभागीहरुलाई सोध्दै न्यूजप्रिन्टमा लेखिएको अर्थ स्पष्ट पारिएको, किन गर्ने र कसरी गर्ने भन्ने विषयमा छलफल गराई न्यूजप्रिन्टमा लेखिएको बुँदाहरु स्पष्ट पारिएको ।

सिकाइ ः प्रकोप हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सोहीअनुसारको सावधानी अपनाउने र असहज परिस्थितिसँग जुध्नका लागि क्षमता अभिवृद्धि गर्ने तयारीलाई प्रकोप पूर्वतयारी भनिन्छ । मानिसहरुको जीउधन बचाउन प्रकोप पूर्वतयारी गर्नुपर्छ । समुदायमा प्रकोपको विषयमा भेला गरेर, आपतकालीन कोष खडा गरेर, पूर्वसूचना प्रणालीको विकास गरेर, पूर्वतयारी योजना बनाएर प्रकोप पूर्वतयारी गर्न सकिन्छ ।

पूर्वसूचना प्रणाली ः
विधि ः प्रश्नोत्तर, छलफल
सामग्री ः न्यूजप्रिन्ट मार्कर
क्रियाकलाप ः पूर्वसूचना को अर्थको बारेमा सहभागीलाई सोध्दै अर्थ स्पष्ट पारिएको र समुदाय भित्र पूर्वसूचना दिनका लागि के–कस्ता सामग्रीहरु छन् भन्ने विषयमा छलफल गराइएको ।
सिकाई ः प्रकोपको समयमा सतर्कता अपनाउनका लागि पहिले नै सूचित गर्ने प्रणाली नै पूर्वसूचना प्रणाली हो । मौखिक तथा समुदायमा उपलब्ध मादल, घण्टीको प्रयोग गरी पूर्वसूचना दिन सकिन्छ ।

मनोसामाजिक परामर्श ः

विधि ः अभिनय, छलफल
सामग्री ः
क्रियाकलाप ः प्रकोप भइसकेपछि स्तब्ध समुदायलाई के–कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको र सबै सामान गुमाएको परिवार वा व्यक्तिलाई कसरी सम्झाउने भन्ने विषयमा दुई सहभागीहरुबीच अभिनय गरिएको ।
सिकाइ ः प्रकोप प्रभावित व्यक्ति वा समुदायलाई समयमा नै मनोसामाजिक परामर्श नगरेमा फेरि दोस्रो प्रकोप समेत हुनसक्छ ।

तथ्याङ्क संकलन तथा विश्लेषण ः
यस अन्तर्गत आफ्नो विद्यालयमा निम्नलिखित तथ्याङ्क लिएर वा सम्झेर आउने भनी गृहकार्य दिइयो ।
जम्मा विद्यार्थी संख्या ः छात्रा ः छात्रा ः
विद्यालयको विवरण ः
विद्यालयको नाम ः
शिक्षक संख्या ः
कर्मचारी ः
खानेपानीको स्रोत ः
यातायातका साधनहरु ः ट्रयाक्टर ÷मोटरसाइकल ÷टायरगाडा ÷
सञ्चार माध्यम ः टि.भी.÷टेलिफोन ÷मोवाइल
प्रकोप प्रभावित कक्षा कोठाहरु
सुरक्षित स्थान ः
अन्य आवश्यक जानकारी ः

नमूना उद्धार अभ्यास (ड्रिल ) ः

विधि ः भिडियो प्रदर्शन, छलफल र अभ्यास
सामग्री ः टि.भी., डिभिडी प्लेयर, बाँस, तन्ना
क्रियाकलाप ः एक विद्यालयमा गरिएको नमूना उद्धार अभ्यासको भिडियो चित्र प्रस्तुत गरियो, जसमा विद्यालयमाा गठित प्रकोप जोखिम न्यूनिकरण समिति र उपसमितिहरु (पूर्वसूचना, खोज तथा उद्धार र प्राथमिक उपचार) को जिम्मेवारी र समुदायका व्यक्तिहरु सुरक्षित स्थानतर्फ भागेर आएको कुराहरु देखाइएको थियो । भिडियो चित्र प्रस्तुतिपछि उक्त अभ्यासको महत्वको बारेमा जानकारी गराउँदै स्थानीय स्ट्रेचर बनाउने तरीका देखाइएको थियो । तालिम हल नजिक रहेको नमूना उद्धार अभ्यास समेत गरियो, जसमा सहभागीहरु मध्येबाट नमूनाका लागि पूर्वसूचना, खोज तथा उद्धार र प्राथमिक उपचार उपसमिति बनाइएको थियो । सहभागीहरु मध्ये बाट नै एकजना टाउको फुटेको विरामी र एकजना खुट्टा भाँचिएको विरामी बनाइएको थियो ।

सिकाइ ः नमूना उद्धार (ड्रिल) अभ्यासबाट समुदाय तथा उपसमितिहरुको जिम्मेवारीको बारेमा जानकारी हुने, विद्यालयमा रहेका श्रोत र साधनहरुको बारेमा जानकारी हुने र आवश्यक पर्न सक्ने अन्य विभिन्न सामग्रीहरुको तयारी गर्न सहयोग पुग्छ ।

कार्ययोजना निर्माण ः

विधि ः समूहकार्यबाट विद्यालय स्तरीय
सामग्री ः न्यूजप्रिन्ट मार्कर
क्रियाकलाप ः सहभागीहरुले प्रकोप पूर्वतयारीका लागि सहमति भएका २ वटा क्रियाकलापहरु विद्यालयमा प्रकोपको बारेमा भेला र आपतकालीन कोष बनाउने) विषयमा निम्न बमोजिमको कार्ययोजना तयार भएको ।
सिकाइ ः कार्ययोजना तयार भएपछि योजना अनुसार चल्न सजिलो हुन्छ ।
श्री …………………………………………………………. विद्यालय

क्र.सं. के गर्ने कहिले गर्ने किन गर्ने कसले गर्ने कैफियत
१ बैठक तथा अन्तक्रिया
२ आपतकालिन कोष निर्माण
३ विद्यालयस्तरिय विपद् व्यवस्थापन समिति गठन तथा नियमित बैठक सञ्चालन गर्ने
४ विपद् व्यवस्थापन समूह गठन गर्ने
५ क्क्ष्ए मा म्च्च् सम्बन्धी ऋयmउयलभलत समावेश गरी क्क्ष्ए निर्माण गरी
६ शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यार्थीहरुसित म्च्च् सम्बन्धी अभिमीखकरण गर्ने
७ वार्षिक कार्ययोजनामा म्च्च् कार्यक्रम समावेश गर्ने

९ विपद् सम्बन्धी कृतिम अभ्यास गर्ने (म्च्क्ष्ीी
१० पृष्ठपोषण
११ मूल्याङ्कन गर्ने

मूल्याङ्कन ः

विधि ः सहभागितामूलक
सामग्री ः चक्लेट
क्रियाकलाप ः सबै सहभागीहरुलाई उभिन लगाएर एकजनाले बीचमा राखिएको चक्लेट टिप्ने र तालिम अवधि भित्र भएका सिकाइहरु बनाउने । त्यसपछि बोल्ने सहभागीले अर्को सहभागीलाई चक्लेट टिपेर दिने र चक्लेट पाउने सहभागीले फेरि बोल्ने । सोही प्रक्रिया अन्तिम सहभागीसम्म अपनाउने ।
सहभागीले बोलेका कुराहरुको सार संक्षेप
 नमूना उद्धार अभ्यास राम्रो लाग्यो ।
 हामीमा बोल्ने क्षमताको विकास भयो ।
 प्रकोपको समयमा प्रयोग गर्न सकिने स्रोत र साधनहरु त हाम्रै समुदायमा रहेछ ।
 दृश्य सामग्री प्रदर्शन गरेको राम्रो लाग्यो ।
 स्थानीय स्ट्रेचर बनाउन सकिने भयो ।
 बाँसको तटवन्ध बनाएर प्रकोपबाट हुने क्षति कम गर्न सकिने रहेछ ।
 प्रकोप पूर्वतयारी गर्नका लागि आकस्मिक कोष खडा गर्नुपर्ने रहेछ ।
 भविष्यमा आइपर्ने घटनाबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सिकें ।
 सुरक्षित स्थानको पहिचान गर्नु भनेको पनि प्रकोप पूर्वतयारी रहेछ ।

तालिमबाट प्राप्त उपलब्धि ः
ड्ड तालिमका सहभागीहरुमा प्रकोप र प्रकोप पूर्वतयारी गर्ने तरीकाको बारेमा स्पष्ट अवधारणा प्राप्त भएको छ ।
ड्ड प्रकोप जोखिम व्यवस्थापनका लागि सम्पर्क तथा समन्वय गर्नुपर्ने स्थानहरु गाउँपालिका, नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला रेडक्रस, जिल्ला प्रशासन कार्यालय आदिमा सदैव सम्न्वय र सम्पर्क गर्ने जानाकारी पाएकाछन् ।

ड्ड मेलम्ची नगरपालिका क्षेत्रका वडानं १ देखि १३ सम्मका विद्यालयहरुका १३ जना महिला ९० जना विद्यालय शिक्षक,अभिभावक ,विव्यस र बालक्लबका प्रतिनिधीहरुले विद्यालयमा भैपरि आउँने विपद् व्यवस्थापन सम्बन्धि आधारभूत ज्ञान तथा सीप हासिल गरेका छन् ।
ड्ड मेलम्ची नगरपालिका क्षेत्रका वडानं १ देखि १३ सम्मका विद्यालयहरुका १३ जना महिला ९० जना विद्यालय शिक्षक,अभिभावक ,विव्यस र बालक्लबका प्रतिनिधीहरुले विद्यालयमा भैपरि आउँने विपद् व्यवस्थापन सम्बन्धि आधारभूत ज्ञान तथा सीप हासिल गरि आफ्ना विद्यालयहरुका विद्यार्थीहरुलाई सचेतना कक्षाहरु सञ्चालन गर्ने प्रतिद्धता जनाएका छन् ।
ड्ड विद्यालयमालाई प्रकोप पूर्वतयारीको मार्गमा हिँड्नका लागि विद्यालययमा छलफल र आकष्मिक कोष खडा गर्ने गरी पूर्वतयारी कार्ययोजना तयार भएको ।
तालिमको निष्कर्ष ः

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालद्वारा संचालित “सामुदायिक विद्यालयमा विपद् व्यवस्थापन अभिमुकरण÷तालिम” कार्यक्रममा नगरपालिका भित्रका.११३ जना सहभागिले प्रकोप र प्रकोप पूर्वतयारी सम्बन्धि जानकारी प्राप्त गरी प्रकोप पूर्वतयारी योजनाको खेस्रा तयार गर्नुको साथै पूर्वतयारी कार्य अन्तर्गत आपत्कालिन योजना निमार्णकोलागि कार्ययोजना समेत तयार गर्न सक्षम भएकाछन् ।

समग्रमा तलिम उपलव्धीमुलक रह्यो । यस तालिमले समुदायमा थप उत्साह जगाएकोछ । आफना स्रोत तथा क्षमताहरुको पहिचान समुदाय आफैले गर्न सकेकाछन । समहमा प्रगतीको लागि अवसरहरु खोज्ने प्रकृयाको थालनी भएको छ । स्थानिय स्रोत तथा साधनहरुको परिचालनबाट आफना समस्याहरुको समाधान गर्न सकिन्छ भन्ने कुरा छलफलबाट आएको छ । समूह भित्रका भौतिक विकासको पहिचान भई त्यसका लागि प्रारम्भिक सूचनाहरु संकलित भएकोछ । स्थानिय विकाससंग सम्बद्ध निकायहरुको पहिचान गरि उनीहरुले गर्नुपर्ने दायित्वका बारेमा विद्यालयसंग छलफल भएको छ । विद्यालयका सहभागीहरुबाटै विद्यालयस्तरीय विपद् व्यवस्थापन योजनाको निर्माण गरिएकोछ ।

 

Comments